काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चिठीको क्षेप्यास्त्र प्रहार भइरहेको टिप्पणी गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्रको कुनै आवश्यकता नभएको बताए ।
उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै अध्यक्ष ओलीले त्यस्ता चिठीहरुको जवाफ दिनरहन आवश्यक नै छैन । यस्ता चिठीको यहाँ के काम ? भन्दै उल्टै ओलीले प्रश्न गरेका छन् ।
बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (एमाले उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र ?, यस्ता चिठीको जवाफ दिइराख्न आवश्यक नै छैन् ।’
बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले आफ्ना असहमती वा कुनै कुरा भए पार्टी बैठकमै राख्नुपर्ने बताए ।