Logo
Logo

सरकार उल्टो बाटोमा हिँडिरहेको छ : नेम्वाङ


504
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफुहरुको विरोधकाबीच एक सेकेण्डपनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका छन् ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेको कारण सदनको कामकारबाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका हुन् ।

नेम्वाङले सरकारले नै कुनै बिधेयक नल्याएर सदनका कामबिहिन बनाएको आरोप लगाए । उनले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाँच्न नसकेको तर्क गरे ।

नेता नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसंग कुनै छलफल नै नभएको जिकिर गरे । नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राखे । नेम्वाङले सदनमा पेश भएका बिधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टोबाटोमा हिँडेको तर्क गरे ।

उनले अहिले मुलुक एमालेमय भएको भन्दै ढुक्क भएर जनताको माझ जान सांसदहरुलाई सुझाव दिए । बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्