लम्की । बैंक तथा वित्तिय संस्थाहरु नाफमुखी मात्र नभई सामाजिक सेवाका कार्यहरुमा पनि अग्रसर हुँदै गएका छन् । त्यसको एक उदाहरण हो सांग्रिला डेभलपमेन्ट बैंक ।
कोभिड–१९ ले देशको अर्थतन्त्र नै थलापरेको अवस्थामा नागरिक र विभिन्न संघसंस्थाहरु पनि थला नपरेका भने होइनन् । यति हुँदाहुँदै पनि आर्थिक रुपमा केहि सबल र मध्यम खालका वित्तिय तथा सामाजिक संघसंस्थाले जस्तै यस बैंकले पनि सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।
त्यस्तै, सामाजका हरेक पक्षसंग सहकार्य गर्दै वित्तीय कारोबारका साथै सामाजिक क्षेत्रका हरेक गतिविधिमा सहयोग गर्ने बैंक हो, सांग्रिला डेभलपमेन्ट बैंक ।
पछिल्लो समय सांग्रिला डेभलपमेन्ट बैंक सामाजिक कार्यमा अग्रसर हुँदै आफूलाई पनि अब्बल र सफल बनाउनतर्फ लागिरहेको छ ।
बैंकले आफ्नो १७औं वार्षिक उत्सवको अवसरमा सामाजिक सेवाका कार्यक्रमहरु गर्दै साताब्यापी कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
बैंकले कात्तिक ८ गते देखि कञ्चनपुरको महेन्द्रनगरस्थित कञ्चन प्रयोगशालाको सहकार्यमा महेन्द्रनगरमा उच्च रक्तचाप र मधुमेहका रोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेर आफ्नो वार्षिक उत्सवको साताव्यापी कार्यक्रम सुरु गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख देवराज न्यौपानेले जानकारी दिए । उनले भने— ‘देशैभरका ९८ शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेर मनाएका थियौं ।’
उनले यही कात्तिक १० गते सुदूरपश्चिमको धनगढीमा रहेको शाखा र देशका मुख्य शहरका नेपालगञ्ज, बुटवल, नारायणघाट, भैरहवा, काठमाडांै, पोखरा, गोर्खा इटहरी लगायतका स्थानमा रहेका विभिन्न शाखामा बृहत रक्तदान कार्यक्रम गरिएको जानकारी दिए ।
बैंक शाखाले देशका विभिन्न ठाउँमा गरेको रक्तदान कार्यक्रममा हजारांै मानिसले रक्तदान गरेका छन् । धनगढीमा गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको बैंक सुदूरपश्चिम प्रमुख न्यौपानेले जानकारी दिए । उनले भने— ‘रक्तदान गरेका सबै जनालाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा बंैकका प्रमोटर पुुष्प कुँवर र बैंकका अर्का प्रमोटर भुपेन्द्र थापाले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।’
शनिबार १३ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ओलानीमा निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका अनुसारगेटा आँखा अस्पताल र बैंकको सहकार्यमा निःशुल्क आँखा चेकजाँच गरेकाहरु मध्य आँखाका दीर्घरोगीहरुलाई गेटा आँखा अस्पतालले निःशुल्क अपे्रशन गरिदिने सहकार्य समेत भएको छ ।
गेटा आँखा अस्पतालका नेत्र रोग विषशेज्ञ डाक्टर रमेशचन्द्र्र भट्टसहितको १२ जनाको टोलीले ३ सय ६६ जनाको आँखाको चेकजाँच तथा उपचार गरेको हो । १३ गते शनिबारनै धनगढीमा बैंकमा १० वर्ष काम गरेका बैंकका कर्मचारीलाई बैंकका शेयर धनी गोबिन्द अधिकारीले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मान गरेको सुदूरपश्चिम प्रमुख न्यौपानेले बताए ।
निःशुल्क आँखा शिविर कार्यक्रममा आँखा चेकजाँच गर्न आएकी १०० वर्षकी बृद्धा जुकु नेपालीलाई समेत बैंकले सम्मान गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बंैकले जस्तै सामाजिक कार्य अरु वित्तीय संघसंस्थाले पनि लाग्ने हो भने शहरदेखि दूर दराजका ग्रामीण भेगका नागरिकले समेत सहज र सरल सेवा पाउने जुगु नेपालीले बताए । उनले सामाजिक सेवामा लाग्ने सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिए ।
साताव्यापी कार्यक्रमका सहभागीहरुले घरदैलोमै आएर सेवा दिएकोमा गेटा आँखा अस्पतालका चिकित्सकहरुको संयुक्त टिम र बैंकलाई धन्यबाद समेत व्यक्त गरेका छन् । बंैकले स्थापाना काल देखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राखेर सामाजिक सेवाका कार्यहरु गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक सुदूरपश्चिम प्रमुख देवराज न्यौपानेले बताए ।