धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरु शनिबार नदीमा नुहाउने क्रममा डुबेका थिए ।