Logo
Logo

आगामी महाधिवेशनमा सिटौलालाई साथ दिन्छु : मन्त्री चौधरी


4.6k
Shares

काठमाडौैँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समावेशिता विरोधी भएको आरोप लगाएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई कांग्रेसकै केन्द्रीय सदस्य र उनी नेतृत्वको सरकार मन्त्री चौधरीले यस्तो आरोप लगाएका हुन् । काठमाडौंमा आयोजित चियापान कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री चौधरीले देउवाले आफ्नो गुटबाट एउटै समुदाय र वर्गका व्यक्तिलाई मात्रै मन्नी मण्डलमा समावेश गरेको बताए ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री बनेका चौधरीले प्रधानमन्त्री देउवालाई मधेशी, थारुहरुलाई मन्त्रीमण्डलमा समावेश नगरेको र उनी समावेशिता विरोधी भएको बताएका छन् ।।

सिटौलाले मात्रै आफू जस्ता थारु समुदायका व्यक्तिलाई मन्त्री बनाईएको प्रति आभार व्यक्त गर्दै उनले कांग्रेसको आगामी महाधिवेशनमा सिटौलालाई नै साथ दिने बताए ।

‘मन्त्रीमण्डलमा देउवाजीले ल्याएको अनुहारले उनी समावेशिता विरोधी भएको पुष्टि भएको छ’, चौधरीले भने, ‘सिटौलाजी त्यागी नेता हुन्, उनले गगन थापा, भिमशेन दास प्रधान र म जस्ता थारुको छोरालाई मन्त्री बनाए ।’

कांग्रेसको १४ औ महाधिवेहनमा आफूहरुको समूहले नेता सिटौलाकै नेतृत्वमा सहभागि हुने चौधरीले उद्घोष समेत गरे । चौधरी यसअघि पनि पटक पटक मन्त्री हुदै आएका नेता हुन् । १३ औं महाधिवेशनमा चौधरी सिटौला समूहबाट कोषाध्यक्षका उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्