Logo
Logo

सर्वोच्चका ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग वार्ता गर्ने


5.7k
Shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वोच्च अदालतका न्यायाधीशहरुले वार्ता गर्ने भएका छन् । आइतबार सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका हुन् ।

प्रधानन्यायाधीश जबरासँग वार्ता गर्नका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएइएको एक न्यायाधीशले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको बर्हिगमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

आइतबार दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्नेर त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन् । उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ पनि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्