धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी उप महानगरपालिका ७ का ८८ वर्षीय पुरुषको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परीक्षण नगरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
जसमध्ये पाँच जना बिरामी आइसियू र एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।