काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ । कतार एयरवेजको क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो ।
आइतबार दिउँसो ३ः१५ बजे उक्त जहाज काठमाडौँको विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकोता ‘डाइभर्ट’ भएको हो ।
यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेको विमानस्थल स्रोतले बतायो । उक्त समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा चलिरहेको थियो ।
हावाका कारण ठूलो लोड बोकेर आएको जहाजलाई अवतरण गर्न नसकिएको हो । तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने विमानस्थल स्रोतले जानकारी दिएको छ ।