Logo
Logo

मुख्यमन्त्री पदमा राजेन्द्र राईको दावी, मन्त्रिपरिषद् विस्तार मंगलबार


5.8k
Shares

काठमाडौं । प्रदेशसभा प्रदेश १ का ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री दावी गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनको तर्फबाट राईले मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

विपक्षी गठबन्धनआवद्ध राजनीतिक दलका नेताहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका छन् । नयाँ सरकार गठन गर्नका नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेको कारण उनको हस्ताक्षर छैन ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले मंगलबार १ बजेसम्म नयाँ सरकारको दावी पेश गर्न आह्वान गरेका थिए ।

विपक्षी गठनबन्धनले आजै दावी पेश गरेपनि राईको नियुक्ति भने मंगलबार १ बजेपछि मात्र हुनेछ । उनले मुख्यमन्त्रीको सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्