Logo
Logo

आजबाट तिहार सुरु


630
Shares

काठमाडौं । नेपाली हिन्दुहरूको दोस्रो ठूलो माहान चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन यो चाड मङ्गलबार बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि बुधबार नै परेको छ ।

प्रतिक्रिया दिनुहोस्