Logo
Logo

काठमाडौंका चार स्थानमा निःशुल्क खोप लगाउन सुरु


2k
Shares

फाईल तस्विर

काठमाडौं । तिहारमा घर जाने यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको हो ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्