Logo
Logo
प्रदेश १ सरकारको पहिलो कदम

पहिलो निर्णयमै आचार्य सरकारका सवै निर्णय खारेज


7.7k
Shares

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको पहिलो बैठकले भीम आचार्य नेतृत्वकाे सरकाले गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेकाे प्रदेश १ मन्त्रिपरिषदकाे बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको हो ।

प्रदेश १ का एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका १३७ स्थानीय तहका १/१ अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने, लोपोन्मुख सँस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्