Logo
Logo

प्रहरीद्वारा जुवातास नियन्त्रण अभियान


756
Shares

कञ्चनपुर । जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ । जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ ।

चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वका बेलामा हालसम्म ९५ जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ परेकालाई प्रहरीले कारवाही प्रक्रियासमेत अगाडि बढाउँदै आएको छ । जुवातासका ११ मुद्दामा रु आठ लाख १४ हजार ५१० रकमसमेत बरामद गरेको छ ।

समाजमा विकृत्तिका रुपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तररुपमा सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । उनका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट रु ६२ हजार ७० रकमसमेत बरामद गरिएको छ ।

लागुऔषधसहित दुई जना पक्राउ
भीमदत्त नगरपालिका–८ महेन्द्रनगर ब्रम्हदेव रोड क्षेत्रबाट प्रहरीले आज लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउपर्नेमा भीमदत्त नगरपालिका– ७ का प्रविन चन्द र वडा नं ५ बस्ने सागर चन्द रहेका छन् । पक्राउ परेका दुवै जनाकासाथबाट प्रहरीले १९ दशमलव २८ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिइ प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य गरिरहेको छ ।

सात फिट लामो अजिङ्गर
बेलौरी नगरपालिका–६ भुराकोट दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ ।

बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिङ्गरेको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उद्धार गरिएको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालय पचकढीयाबाट खटिआएका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाएको छ । अजिङ्गरलाई वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्