Logo
Logo

सिलिंकस्को नयाँ लोगो सार्वजनिक


189
Shares

सिलिंकस् ट्राभल्स एण्ड टुर्स प्रालि आगामी वर्ष आफ्नो १५औँ वार्षिकोत्सबका अवसरमा कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको छ । सन् २००७ मा टिकेटिङ सेवा प्रदान गर्ने गरी स्थापना गरिएको सिलिंकस्ले आफ्नो १५ वर्षे यात्रामा ठूलो छलाङ मारेको छ । यो सफलताका यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिंकस्ले विभिन्न किसिमका कार्यक्रमसमेत ल्याएको छ ।

डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिंकस्ले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो । नेपालीहरुको महान चाड दिपावलीको संघारमा नयाँ लोगो सार्वजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरुमाझ नयाँ लोगो परिवर्तनको सन्देश प्रवाह गर्दै सिलिंकस् टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एयरलाइन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका कार्यक्रम समेत गरेको छ ।

सिलिंकस्को निलो र सुन्तले रङ (ब्लु एण्ड ओरेन्ज)मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिंकस्को नामभित्रको मर्म मात्र नभएर ग्राहकको सन्तुष्टि र खुशीसमेत प्रतिनिधित्व गरेको छ । कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ गर्ने सिलिंकस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई नै आफ्नो प्राथमिक लक्ष्य बनाएको छ ।

सिलिंकस्को नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकतासमेत प्रट्याउँने कम्पनीका कार्यकारी निर्देशक पावना श्रेष्ठले जानकारी दिइन ्। उनी भन्छिन्, “यो परिवर्तन कोभिड–१९ पछिको पुनःजागरण पनि हो । यसमा खुशी र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राहीप्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।” सिलिंकस्ले सेल्स ब्लिजकै शैलीमा गरेको लोगो अनभिलिङ र भेटघाट कार्यक्रमले नोभेम्बर महिनाभरि निरन्तरता पाउनेछ जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्