काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार)को ११.११ को अवसरमा ग्राहकहरुका लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा २०७८ कात्तिक २५ गतेदेखि २०७८ मंसिर ३ गते ( ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१)सम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम रु तीन हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम रु तीन हजार ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
उक्त अवसर सुरु हुन केही दिन मात्र रहेकाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहक महानुभावले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रूपमा काम गर्दै आएको छ । नबिल बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।