Logo
Logo

प्रहरीमा रोकिएन बेथिति


192.2k
Shares

काठमाडौं । इतिहासकै इमान्दार नेतृत्व हुँदा पनि प्रहरीमा अनियमितता भने कम हुन सकेको छैन । तराईका जिल्लामा खुलेआम भ्रष्टाचार भइरहेका छन् । जसले प्रहरीप्रति सर्वसाधरणको आक्रोश बढाउँदै लगेको छ ।

यतीबेला सबैभन्दा विवादीत प्रहरी कार्यालय जिप्रका बाँके बनेको छ । अपराध अनुसन्धानमा गरेको लापरबाहीका आधारमा बाँकेमा प्रहरीविरुद्ध स्थानीय आन्दोलित छन् । एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेको ध्यान शान्ति सुरक्षा भन्दा पैसामा हुँदा यस्तो अवस्था आएको हो ।

बाँकेको इप्रका कोहलपुर पनि त्यस्तै अवस्था छ । इप्रकाका डिएसपी रबिन्द्र खनालविरुद्ध स्थानीय जनप्रतिनिधि आक्रोशित बनेका छन् । बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेपछि स्थानीयले उनको सरुवाको माग गरेका छन् ।

दुर्घटनाको विषयमा बुझ्न गएकी राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै डिएसपी खनालले दुव्र्यवार गरेका हुन् । दसैैैंको समयमा शमशेरगञ्ज परुवा खोलामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको अनुसन्धानको विषयमा बुझ्न जाँदा डिएसपी खनालले दुव्र्यवहार गरेका हुन् । सो विष्यामा न्यायिक समितिमा उजुरी परेपछि डिएसपी खनालमाथि छानबिन सुरु भएको छ । यातायात व्यवसायीसँग मिलेर डिएसपी खनालले पीडित पक्ष मात्र नभई गाउँपालिका उपाध्यक्षलाई समेत धम्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

त्यसो त डिएसपी खनाल पहिलेदेखि नै अनियमिततामा मुछिदै आएका छन् । स्थानीय गुन्डासँग उनको मिलेमतो रहेको छ । घुुमुवा परिचालन गरेर उनले जुवा खालबाटै लाखौं उठाउने गरेका छन् । कोहलपुरका अवैध यौनअखडा समेत प्रहरी संरक्षणमा फस्टाएको स्रोतले बताएको छ ।

जेलभित्र जुवा, ३० लाख असुली

जेलरको संरक्षणमा जिल्ला कारागार बाँकेमा अनियमितता मौलाएको छ । जेलर रामकुमार सोनुकरले जेलभित्रै जुवा खेल्न दिनेदेखि मोबाइल समेत प्रयोगमा दिएका छन् ।

लामो समयदेखि जेलरका रुपमा कार्यरत उनले दशैंमा मात्र कैदीबन्दीबाट ३० लाख रुपैयाँ असुलेका थिए । महंगोमा पसल सञ्चालन गर्न दिने तथा टेलिफोनमा बढी असुलेको पैसा जेलको आन्तरिक प्रशासनमार्फत उनले लिएका हुन् । जेलमा केही धनाढ्य कैदी बन्दीले मोबाइल समेत रहेका छन् । करिब २५ जनाले मोबाइल राखेको जेल स्रोत बताउँछ । उनीहरुले मासिक रुपमा जेलरलाई घुस बुझाउने गरेका छन् । त्यस्तै आउट जान दिएर समेत पैसा असुली हुने गरेको छ ।

यसमा जेलका सइको समेत मिलेमतो छ । उनले भने मासिक २० हजार आन्तरिक प्रशासनबाट लिने गरेका छन् । जे्लर र प्रहरीलाई हात लिएर जेलका चौकीदार र नाइकले कैदीहरुमाथि शोषण बढाएका छन् । जेलमा दैनिक जसो जुवाखाल हुने गरेको र शुक्रबार रक्सीसहितको भोज चल्ने गरेको छ । जून सिडिओ जिल्लामा आउँदा पनि खुशी बनाएर जेलर सोनुकर त्यही बस्दै आएका छन् । यसअघि जिल्ला प्रशासनमा हुँदा भारतीय नागरिकता दिएको विषयमा पनि उनी विवादमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्