Logo
Logo

युरोप र एसियाभर बर्ड फ्लु देखियो


882
Shares

सीउल । पछिल्लो समयमा युरोप र एसियाभर बर्ड फ्लु देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई) ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा बर्ड फ्लु देखिएको जनाएको छ ।

वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ । बर्ड फ्लुकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ । त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लुको महामारी देखिएको छ । जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक बर्ड फ्लु देखिएको हो ।

त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा बर्ड फ्लुको नयाँ भेरियन्ट एच५एन१ देखिएको छ । जंगली हाँसमा बर्ड फ्लुको उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ । त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन् ।

भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि बर्ड फ्लु देखिएको छ । चीनमा जुनमा पहिलो पटक बर्ड फ्लुको नयाँ भेरियन्ट एच१०एन३ भाइरस देखिएको थियो । चीनमा एच५एन६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्