Logo
Logo

सागर केरुङको निर्देशनमा ‘छेक्यो मायालु’ (भिडियोसहित)


504
Shares

काठमाडौं । पुर्वाञ्चलको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको ‘छेक्यो मायालु’ बोल गीतको भिडियो अमेरिकामा सार्वजनिक भएको छ ।
सुरेश अधिकारीको शब्द, संगीत र तारा लावतीको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गरेका छन् ।

माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा रहेका छन् । भिडियोमा मधुराज केरुङ, तारा लिङ्देन, लेन्जो इङ्वा, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघालगायतको अभिनय रहेको छ ।

भिडियोको छायाँकन सञ्जय आचार्य, शृँगार अमृता, ड्रोन फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गरेको भिडियो जेपीजे इन्टरटेनमेन्टले अमेरिकाबाट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्