Logo
Logo

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न


378
Shares

काठमाडौं । सन नेपाल लाइफले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्