Logo
Logo

इच्छाराम तामाङमाथिको अनुसन्धान सकियो


3.6k
Shares

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्धको अनुसन्धान सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले झन्डै दुई महिना हिरासतमा राखेर तामाङसहितलाई संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरेको थियो।

उनीहरुमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनासँग ५ अर्ब ५९ करोड १३ लाख ६८ हजार ५३९ रुपैयाँ बिगो दाबी गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याएको हो।

अहिले प्रहरी र सरकारी वकिलबीच उक्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। छलफलपछि मुद्दा अदालतमा दर्ता गर्ने तयारी रहेको ब्युरोले जनाएको छ।

इच्छाराविरुद्ध हालसम्म १ हजार ४ सय ८० जनाले उजुरी दिएका छन्। अन्य जाहेरी आए त्यसलाई पनि समेट्दै जाने ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्