Logo
Logo

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने


2.3k
Shares

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनमा नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । भुसाल हाल उपमहासचिव छन् ।

आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ ।

निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्