Logo
Logo

अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था हुँदैछ : मन्त्री श्रेष्ठ


6.9k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धीको रक्षा र त्यसलाई संस्थागत विकास गर्न अहिलेसम्म पार्टीले गरेका राम्रा कामहरुलाई लिएर जनतासम्म जानुपर्नेमा जोड दिएकी छन् ।

नेकपा माओवादी केन्द्रको कठमाडौंको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीयता लोकतान्त्रिक गणतन्त्र र प्राप्त नागरिक अधिकारको विषय माओवादीको एजेण्डा र पहलबाट स्थापित भएकाले यस विषयमा नागरिकलाई स्पष्ट पार्नु पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धीलाई संस्थागत गर्न अव माओवादी केन्द्रले मात्रै सक्ने पनि बताइन् ।

उनले संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि बताइन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अअगाडी बढाएको बताइन् ।

उनले मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम शुरु गरिसेको भन्दै उपत्यकामा रहेको स्ववासी, गुठी लगायतका समस्या समस्या समाधान गर्न आफूले काम शुरु गरिसकेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा निर्देशन जारी गरिसकिएको पनि जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले भूमिहि, दलित, सुकुम्वासी, महिला, जनजाती, पिछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेण्डा र नीति माओवादी केन्द्रको भएकाले आफू भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उदेश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने तथा युवालाई विदेशीन नपरोस भन्ने गरी काम शुरु गर्न लागेको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्