Logo
Logo

प्रतिनिधिको परिचयपत्र स्क्रिनिङ नगरिएको भन्दै बाहिर निकालिए


4.3k
Shares

चितवन । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिको परिचयपत्र स्किनिङ नभएको भन्दै बन्दसत्र हलबाट बाहिर निकालिएको छ । हलमा प्रवेश गरिसकेका प्रतिनिधिहरुलाई समेत सुरक्षाको कारण देखाउँदै बन्दसत्रको हलबाट बाहिर निकालिएको हो ।

अब सबैको अनिवार्य स्क्रिनिङ गरेरमात्र फेरि भित्र पस्न पाउने भएका छन् । भित्र प्रवेश गरिसकेका प्रतिनिधिहरु पुनः एकपटक बाहिर निस्केर लामबद्ध बनेका छन् । यसले बन्दसत्र थप पर धकेलिने देखिएको छ । शनिबार बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र साढे दुई बजेसम्ममा पनि सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्