Logo
Logo

पार्टीको नेतृत्व चयनमा सहमति भयो : ओली


9.1k
Shares

चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व चयनमा सहमति भएको बताएका छन् ।

ओलीले शनिबार ढिलो गरी सुरु भएको बन्दसत्र हलमा प्रवेश गर्दै पार्टी नेतृत्वका लागि सहमति भएको बताएका हुन् । उनले बन्दसत्र हलमा प्रवेश गर्दै पत्रकारहरुलाई सबै सहमति भएको जिकिर गरेका हुन् ।

यता, भीम रावलले आफ्नो उम्मेदवारी अध्यक्षमा यथावत् हुने भन्दै भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्