Logo
Logo

‘एमाले कमजोर भयो भन्नेलाई हिजोको जनसागरले जवाफ दियो’


882
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भयो भन्नेहरूलाई शुक्रबार उद्घाटन समारोहमा देखिएको जनसागरले जवाफ दिएको बताएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘एमाले कमजोर भयो भन्नेहरूलाई हिजो जवाफ दियौं, राजनीतिलाई बेथितिमा रहन दिइराख्यौं भने हामी सुरू गरेको विकास अवरूद्ध हुन्छ।’

उनले हाम्रा अगाडि अझ गम्भिर चुनौति खडा भएको बताए। उनले भने, ‘लोकतान्त्रिक प्राप्तिको संघर्षमा तानाशाहीले गर्ने दमन एउटा हुन्छ। लोकतान्त्रिक अभ्यासलाई कुल्चिएर अलोकतान्त्रिक कदम चालिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्