Logo
Logo

अभागीलाई खानेबेला रिस उठ्दा दुइतिहाई भुईँमा खस्यो : ओली


7.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपमानजनक ढंगले पार्टी र सरकारबाट हटाउने काम भएको दुखेसो पोखेका छन् ।

चितवनमा जारी १०औं महाधिवेशन अन्र्तगत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा आफूलाई अपमानजनक ढंगले पार्टीबाट हटाउने काम गरेकाहरुले नै सरकारबाट पनि अपमानजनक ढंगले नै हटाएको बताएका हुन् ।

दुईतिहाई मतको सरकार आफूले नेतृत्व गरिरहेका बेला आफ्नै पार्टीका नेताहरुलाई असह्य भएका कारण पार्टीबाटै हटाउने कामसमेत भएको ओलीले स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अध्यक्षबाट कारवाही गरेको घटना ओलीले स्मरण गरेका हुन् ।

दुईतिहाई मतको सरकार र पार्टीकाट हटाइनुलाई ओलीले ‘अभागीलाई खाने बेला रिस उठ्छ’ भन्ने उखानसँग तुलना गरेका छन् । ओलीले भने– ‘अभागीलाई खाने बेलामा रिस उठ्छ । हाम्रा केही अभागी साथीहरुलाई रिस उठेकै कारण दुईतिहाइ मतको सरकार भुइमा खस्यो ।’

अध्यक्ष ओलीले सम्बोधनका क्रममा नेकपामा अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला भएका धेरै घटनाक्रम स्मरण गरे । आफूबाट पार्टी खोसेर प्रचण्ड, माधव र झलनाथले प्रतिकृयावादीको पाउमा पुर्याएको समेत आरोप लगाए । तर, आज सोही पार्टी निर्णायक बनेको ओलीको दावी थियो ।

अध्यक्षबाट कारवाही गरेको घटना स्मरण गर्दै ओलीले भने– ‘त्यो समय अपमानजक ढंगले मलाई पार्टीबाट हटाएर, पार्टी खोसेर प्रतिकृयावादीको पाउमा पुर्याउने काम भएको थियो । तर, आज सोही पार्टी नेकपा एमाले देशको निर्णायक पार्टी बनेको छ । अब कसैले केही गर्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्