Logo
Logo
एमालेको १०औं महाधिवेशन

समावेशीताको वकालत गर्ने एमालेनै असमावेशी


3.3k
Shares

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी चयन गर्दैछ । १९सदस्यीय पदाधिकारी रहने केन्द्रीय सचिवालय बन्ने प्रस्ताव बन्दसत्रमा पुगेको छ । तर सो पदाधिकारी समावेशी नहुने भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

समावेशी कोटा पदाधिकारीमा नतोकिएकाले प्रतिस्पर्धामा जाँदा पदाधिकारी समावेशी नुहुने हो कि भन्ने नेताहरुले चिन्ता व्यक्त गरेका छन् । एमालेको विधानअनुसार केन्द्रीय सदस्यमा समावेशी कोटा निर्धारण गरेको भएको तर पदाधिकारीमा समावेशी कोटा तोकिएको छैन ।

अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव महाधिवेशनबाट निर्वाचित हुन्छन् । केन्द्रीय कमिटीको निर्वाचनपश्चात ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटब्युरो कमिटी गठन हुनेछ । १९ सदस्यीय पदाधिकारी सहित तीन सय १ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित हुन्छ ।

‘केन्द्रीय सदस्यमा समावेशी कोटा छ । तर पदाधिकारीमा समावेशी कोटा छैन् । प्रतिस्पर्धामा जाँदा पदाधिकारी समावेशी नहुने हो की भन्ने हामीलाई चिन्ता लाग्नु स्वभाविक नै हो । समावेशीताको वकालत गर्ने एमालेले पदाधिकारीमा पनि समावेशी कोटा निर्धारण गरेको भए पदाधिकारी समावेशी हुन्थ्यो की’ महाधिवेशनमा सहभागी एक प्रतिनिधिले भने ।

एमाले नेता अग्नि खरेलले निर्वाचनबाट केन्द्रीय कमिटी समावेशी चरित्रको बन्ने दावी गरेका छन् । केन्द्रीय सदस्यमा समावेशी कोटा निर्धारण भएको तर पदाधिकारीमा समावेशी कोटा नभए पनि निर्वाचनबाट समावेशी चरित्रको हुने दावी उनले गरेका छन् ।

‘समावेशितालाई कतिसम्म ध्यान दिने भन्ने कुरा हो । कानुनको कुरा गर्ने हो भने केन्द्रीय कमिटीमा समावेशी हुनुपर्छ भन्ने हो । क्लस्टरवाइज समावेशी भनिएको होइन, समग्र केन्द्रीय कमिटीमा समावेशी हुनुपर्छ भनिएको हो । तर, पदाधिकारी पनि यसपटक समावेशी नै आउला’ खरेलले भने

प्रतिक्रिया दिनुहोस्