Logo
Logo

भीम रावल अडानमा टिकिरहन्छन् वा ओलीलाई सर्वसम्मत बनाउन कम्प्रमाइज गर्छन् ?

नेतृत्वको छिनोफानो आज


2.5k
Shares

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन कठिन देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन हुने बताए पनि अध्यक्षमा नेता भीम रावलले आफ्नो उम्मेदवारी जारी राखेको कारण नेतृत्व चुन्न एमालेलाई सकस परेको हो ।

शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो । बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै बन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

नेता रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गरेका छन् । ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्‍यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्‍यो ।’

सहमतिका लागि रातभर प्रयास भए पनि अझै सहमति जुट्न सकेको छैन । आजको बन्दसत्र १० बजबाट सुरु हुँदैछ । नेता रावल आफ्नो अडानमा टिकिरहन्छन् वा ओलीलाई सर्वसम्मत बनाउन कम्प्रमाइज गर्छन् भन्ने आज ११ बजे सुरु हुने बन्दसत्रबाट टुंगो लाग्नेछ । ओलीले प्रस्तुत गरेका नामहरुमा सर्वसम्मत हुन नसकेमा आज नै मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्