Logo
Logo
एमाले महाधिवेशन

आजको बन्दसत्रमा केन्द्रीय कमिटीको सूची पेस गर्ने ओलीको तयारी


3.4k
Shares

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौँ महाधिवेशनको तेस्रो दिन बन्द सत्र आज १० सुरु हुृँदैछ । शनिबार रातिको बन्दसत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने, सदस्य चयन गर्ने जिम्मा दिएको थियो ।

आजको बन्दसत्रमा उनले उक्त नाम प्रस्तुत गर्ने जनाइएको छ । आफ्नो समूहका नेताहरुले एउटै पदमा दावी गरेपछि ओली अफ्ठ्यारोमा परेका छन् ।

हिजो तोकिएको समयभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको थियो । आज पनि बन्दसत्र तोकिएको समय सर्ने सम्भावना छ ।
ओलीलाई अधिकार दिइएकोमा नेता भीम राव र घनश्याम भुसालले असन्तुष्टि जनाइसकेका छन् ।

नेता रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्तावको विरोध गर्दै भनेका छन्, ‘हामिले विधानमा के लेख्यौँ भनेर हेक्का राख्नुपर्छ । हामीले केही बसेर विधान संशोधन गर्यौं भन्न मिल्दैन ।’ उनले भने, ‘कित विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्यो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्