Logo
Logo

मौद्रिक नीतिको समीक्षाको प्रभावः नेप्सेमा उच्च अङ्कको गिरावट


1.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन कारोबार सुरु हुने वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६५१ दशमलव ४९ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४ दशमलव १९ अङ्कले घटेर ५०१ दशमलव ४५ मा ओर्लेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम औसतमा छ । कूल २३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २०२ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार बराबरको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजारको हाराहारीमा छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ ।

बैंकिङ ३४ दशमलव ९७, व्यापार १५९ दशमलव १७, होटल तथा पर्यटन १४७ दशमलव ०९, विकास बैंक २६७ दशमलव
२५, जलविद्युत् १३२ दशमलव ०२, वित्त ६८ दशमलव ०८, निर्जीवन बीमा ३८४ दशमलव ९४, उत्पादन १९२ दशमलव ४१, अन्य ६८ दशमलव २, लघुवित्त १३९ दशमलव ४, जीवन बीमा ५३८ दशमलव ०३, सामूहिक लगानी कोष शुन्य दशमलव २२ र लगानी २ दशमलव ९२ अङ्कले घटेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए । केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २९ करोढ ८१ लाख १९ हजार १६१ बराबरको कारोबार भयो ।

त्यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड ४८ लाख छ हजार १४७, नेशनल हाइड्रो पावर रु २२ करोड ८५ लाख ९९ हजार ६७५, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड चार लाख ६८ हजार ५६९ र निर्धन उत्थान लघुवित्तको रु १६ करोड २० लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९ दशमलव ७८, सामलिङ पावर कम्पनी ८ दशमलव २१, निर्धान उत्थान लघुवित्त ३ दशमलव ४३, नेपाल एसबिआई बैंक २ दशमलव ८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १ दशमलव ५२ प्रतिशतले कमाए ।

हिमालयन पावर पार्टनर ८ दशमलव ४९, मानुषी लघुवित्त ८ दशमलव ०९, प्राइम लाइफ इन्स्योरेन्स ७ दशमलव ३४, महालक्ष्मी विकास बैंक ७ दशमलव २५ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्