Logo
Logo
एमालेको १०औँ महाधिवेशन

अध्यक्ष, उपाध्यक्ष र सचिवमा १८ जनाको उम्मेदवारी


20.1k
Shares

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा पदाधिकारीको १४ पदका लागि निर्वाचन हुने पक्का भएको छ । सौराहामा जारी बन्दसत्र अन्तर्गत विहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढेको हो ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेमा पदाधिकारीका १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको पक्का भएको हो । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ ।

उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरिएको थियो । त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।

एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए। तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्