Logo
Logo

टुँडिखेलमा दौडौं, जसले जित्छ ऊ अध्यक्षको उम्मेदवार : कमल थापा


819
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई चार वर्ष धैर्य गर्न आग्रह गरेका छन् ।

सोमबार उम्मेदवारी घोषणा गर्दै अध्यक्ष थापाले युवाहरुले नेतृत्व लिन्छौँ भन्दा खुशी लागेको बताउँदै भने- ‘पार्टीको कमजोर अवस्था छ । योभन्दा कमजोर हुने ठाउँ छैन । चार वर्ष धैर्य गर्नुस्, अलि माथि पुगेपछि तपाईंहरुलाई जिम्मा लगाउँला ।’

उनले नेतृत्व बुढो भइसक्यो भन्नेसँग टुँडिखेलमा दौडिन पनि तयार रहेको बताए । ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं । दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न, ’ उनले भने, ‘नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन । एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइदैन ।’

नेतृत्व हस्तान्तरणको कुरा गर्नेहरुले पार्टी नेतृत्वलाई असफल भनेकामा थापाले आक्रोश पोखे । उनले भने, ‘नयाँ जिम्मेवाररी लिने मान्छेले, नेतृत्वलाई गाली गरेर बदनाम गरेर असफल भनेर हुँदैन । कमल थापा पशुपति प्रकाश असफल भयो भन्ने मान्यता स्वीकार गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्