Logo
Logo

कांग्रेस महाधिवेशन : बागलुङ सभापतिमा शेरचन विजयी


1k
Shares

गलकोट । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिनुभएको थियो । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभयो । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभयो । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी हुनुभयो । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्