काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ भन्दा बढि बढी खर्च भएको छ ।
तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसक्दा मङ्सिर १० देखि १२ गतेसम्म तय भए भएको महाधिवेशन दुई दिन १४ गते आजसम्म लम्बिन पुगेको छ ।
एमाले पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङका अनु्सार दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको छ । उनका अनुसार हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ ।