Logo
Logo

भीम रावल अध्यक्षमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित


8.4k
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार ९०४ मत प्राप्त गरेर रावल विजयी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा भने नेता रावल केपी शर्मा ओलीसँग १५ सय ९५ मत अन्तरले पराजित भएका थिए । ओलीले १८०८ मत ल्याएका थिए भने रावलले २१३ मत पाएका थिए ।

रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने र केन्द्रीय सदस्यमा जितेपनि सपथ नलिने बताउँदै आएका छन् । तर आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्