Logo
Logo

अछाममा बस दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते


441
Shares

काठमाडौं । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनु्सार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका –१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको रहेको प्रहरीले जनाएको छ ।

अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्