Logo
Logo

सर्वोच्चमा पहिलोपटक गोलाप्रथाबाट तोकियो पेसी


756
Shares

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट पहिलोपटक पेसी तोकिएको छ । बुधबार पहिलो दिन दुईवटा एकल इजलाससहित १० वटा इजलास तोकिएको छ ।

गोलाप्रथाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् । न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर, त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ भने न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्