Logo
Logo

सवारी दुर्घटनामा ४ जनाको मृत्यु


756
Shares

काठमाडौं । अछाम, मंगलसेन नगरपालिका–४ सृजना चोकस्थित सडकमा ना.६ ख ८२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बसमा सवार सोही नगरपालिका–१४ बस्ने ५७ वर्षीय टंकबहादुर भण्डारी र सोही नगरापालिका–१ कुन्ती बस्ने २१ वर्षीय एकेन्द्र थापा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ८ जनालाई बयलपाटा अस्पताल र २६ जनालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ ।

धनुषा, नगराईन नगरपालिका–३ स्थित सडकमा ज.११प १७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–९ किसानपुर बस्ने ५० वर्षीय गनेश झाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको राम जानकी अस्पताल जनकपुर हुँदै कामना नर्सिङ होम लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ, काठेखोला गाउँपालिका–१ खहरेस्थित सडकमा बा.१८ च ५६७७ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार बाग्लुङ नगरपालिका–७ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनालाई उपचारको लागि धौलागिरी अस्पताल बाग्लुङ पठाइएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्