Logo
Logo

कामना सेवाका दुई नयाँ शाखा


315
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीपूर्वको देवचुली नगरपालिका प्रगतिनगर र कावासोती नगरपालिका डन्डामा शाखा सञ्चालनमा ल्याएको हो ।

ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधासम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रूपमा सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । दुवै शाखाको बैंकका अध्यक्ष सुदीप आचार्यले उद्घाटन गरेका हुन् । बैंकले हाल सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता डिजिटल बैंकिङमार्फत समेत सेवा दिइरहेको जनाएको छ ।

हाल बैंकले देशभरमा एक सय २९ शाखा, एक विस्तारित काउन्टर तथा ७६ एटिएममार्फत सेवा दिइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्