Logo
Logo

‘उत्कृष्ट औद्योगिक पत्रकारिता’ दामोदर खनाललाई


504
Shares

बुटवल । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार दामोदर खनाल पुरस्कृत हुने भएका छन् । बुधबार बसेको महासंघ रुपन्देहीको नियमित बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्याँकन समितिले पत्रकार खनालाई ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गर्ने निर्णय गरेको हो ।

मूल्यांकन समितिमा पत्रकार माधव नेपाल संयोजक रहेका थिए भने रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्वारा स्थापित सो पुरस्कारको राशी ४४ हजार रुपैयाँ रहेको छ । दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका खनाल एभिन्यूज टेलिभिजन लुम्बिनीका व्यूरो चिफ हुन् भने राज्य टेलिभिजन, दृष्टिन्युज अनलाइन लगायतका सञ्चार माध्यममा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्