Logo
Logo

‘राष्ट्रियता र स्वाधीनताप्रतिको निष्ठा हाम्रो एउटै हो’


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रियता र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु राप्रपाको महाधिवेशनलाई अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू धर्मनिरपेक्षवादी र राष्ट्रवादी भएको बताउँदै भने, ‘राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँहामी उस्तैउस्तै गोत्रका हौँ ।’

विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको बताउँदै अध्यक्ष प्रचण्डले संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मतमतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताए । उनले मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्नसमेत भ्याए ।

सीपी मैनालीले सम्बोधनका क्रममा ‘राजा महेन्द्र राष्ट्रवादी’ भनेपछि अध्यक्ष प्रचण्डले उनीप्रति कटाक्ष गर्दै भने, ‘सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै हो भने सीपीजीलाई बधाई छ ।’

प्रतिक्रिया दिनुहोस्