Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक मंसिर २५ गते, स्थायी कमिटी र पोलिटव्युरो गठन हुने


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पुर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार पहिलो बैठक महाधिवेशन सम्पन्न भएको चितवनको सौराहामै सम्पन्न भएको बताए । केन्द्रीय कमिटीको पहिलो पुर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौं बस्ने उनले उनले बताए ।

बैठकले स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन, नेताहरुको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित लगायत बिषयमा छलफल हुने एजेण्डा रहेको तामाङले बताए ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको १०औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्