Logo
Logo

राजनीतिको केन्द्रविन्दु जनता बन्नुपर्छ : माधव नेपाल


1.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिको केन्द्रविन्दु जनता बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले राजनीतिको केन्द्रविन्दु नेपाली जनता र नेपाल राष्ट्रको हितका लागि हुनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो राजनीतिको केन्द्रविन्दु नेपाली जनता बन्नुपर्छ । हाम्रो राजनीतिको मुल आधार नेपाल राष्ट्रको हितको लागि हुनुपर्दछ । ती कुराहरुबाट विचलन हुनुहुँदैन ।’

उनले राजनीतिक विकृतिविरुद्ध दृतका साथ उभिनुपर्ने र अहिलेका युवापिढीले खोजेको परिवर्तन पनि त्यही भएको बताए । अहिले परिवर्तनको नारा भएको र परिवर्तनलाई साकार पार्न नवीन चिन्तन, नवीन खोज–अनुसान्धन गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आफूहरुले काम गरेर परिणाम देखाउने बताए । उनले भने, ‘हामी गफ गरेर जनतालाई अलमलाउँदैनौं, काम गरेर देखाउछौँ, परिणाम देखाएर जनताको विश्वास जित्छौँ । असल मान्छे बनौं नेपाली जनताको हित र सेवा गर्नको लागि ।’

प्रतिक्रिया दिनुहोस्