Logo
Logo

मुलुकमा लगानीको वातावरण बनाइँदैछ : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्दै मुलुकमा लगानीको वातावरण बनाइने समेत बताए ।

छोटो समयमा मुलुकको बिकास गर्नुपर्ने भन्दै उहाले सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको र आवश्यक नियमनको सहजीकरणको पक्षमा रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनी, जलविद्युुतमा भएको कामको प्रसंसा गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए । नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उनले जानकारी दिए । उनले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ले विकासमा ढिलाइ हुने गरेको बताउँदै विकासका लागि विशेष कानुनको चाहिने बताए ।

प्रतिक्रिया दिनुहोस्