Logo
Logo

प्रतिनिधि विवादले राप्रपा महाधिवेशन प्रभावित, महामन्त्रीमा भोट माग्दै रेखा थापा


2.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी घोषणा गरेकी छन् । उम्मेदवारी घोषणासँगै उनले सोशन मिडियामार्फत भोट माग्न सुरु गरेकी छन् ।

बुधबार काटमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनमा रेखाले महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । अध्यक्षमा दावेदार राजेन्द्र लिङ्देनको प्यानलमा रेखाले उम्मेदवारी दिएकी हुन् । यसअघि उनी वर्तमान अध्यक्ष कमल थापा पक्षमा थिइन् । तर, यस महाधिवेशनबाट रेखा लिङ्दन पक्षमा उभिएकी हुन् । लिङ्देनलाई अन्य पदाधिकारीका आकांक्षीहरुको समेत समर्थन रहेको छ ।

महाधिवेशन तालिका प्रभावित

महाधिवेशन प्रतिनिध चयनमा विवाद भएपछि कार्यतालिका प्रभावित भएको छ । अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ ।

बुधबार राप्रपा महाधिवेशन उद्घाटन भइसकेको छ । उद्घाटन अगाडि नै मतदाता नामावली प्रकाशनको टुंगो लगाइने भनिएको थियो । तर, एक नेताका अनुसार बिहीबार बिहानसम्म महाधिवेशन प्रतिनिधिबारे टुंगो लाग्न सकेको छैन ।

जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाएका छन् । त्यो विवाद मिलाउन दुवै पक्षले छलफल गरिरहेका छन् । राप्रपाले ३३० प्रदेशसभा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्