Logo
Logo

त्रिविको निर्णयप्रति विद्यार्थी संगठनद्वारा आपत्ति


378
Shares

काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णयप्रति आपत्ति जनाएका छन् ।

देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा समेत त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाएर त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड बढी व्ययभार पर्नेगरी निर्णय गरिएको भन्दै उनीहरुले फिर्ता लिन माग गरेको छ ।

संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ । ‘संयुक्त विद्यार्थी संगठन तत्काल यसलाई खारेज गरी आम शैक्षिक युवाहरुले प्रतिस्पर्धा गर्ने पाउने गरी बिज्ञापन खुलाउन जोडदार माग गर्दछौं यो निर्णय खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका व्यवस्था लागु नगरेको खण्डमा कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनिनयनका अध्यक्ष रुपनारायण श्रेष्ठलगायतका संगठनले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्