Logo
Logo

डन र माफियाको कब्जामा राजनीतिक दल


68.5k
Shares

काठमाडौं । देशका ठूूला दल महाधिवेशनमा होकिएको बेला देशको राजनीतिमा एउटा डरलाग्दो दृश्य देखिएको छ । पैसा नभएकाहरु पार्टीभित्रैपनि राजनीति गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस तथा माओवादी केन्द्र तीनै पार्टीमा डन तथा माफियाहरुको पकड बलियो हुँदै गएको छ ।

खासगरी नेपाली कांग्रेसमा डन पृष्ठभूमिका व्यक्तिहरु पार्टीमा शक्तिशाली भएका छन् । स्याङजाको सभापतिमा निर्वाचिन राजु थापा कुनै समय काठमाडौंमा गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको रेकर्डमा छ । पैसाकै वलमा राजनीतिमा लागेका उनी यसअघि सांसद भइसकेकोमा अहिले जिल्ला सभापति भएका छन् ।

कांग्रेसको काभ्रे सभापतिमा निर्वाचन तीर्थ लामालाई पनि कुनै समय प्रहरीले काभ्रेली समूहको सूचीमा राखेको थियो । तर, उनी भने आफूले कहिल्यै गुन्डागर्दी नगरेको बताउँछन् । आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतअन्तरले हराउँदै उनी जिल्ला सभापति बनेका छन् । यसअघि नै उनी प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् । जिल्लामा निरन्तर सक्रियताले काभ्रे कांग्रेसमा उनी सबैभन्दा प्रभावशाली नेता बनेका छन् ।

गुन्डागर्दी पृष्ठभूमि भएका धेरै जना काभ्रे कांग्रेसमा शक्तिशाली भएको नेताहरुले बताएका छन् । गणेश लामा महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी यसअघि कांग्रेसबाट प्रदेश सांसदको उम्मेदवार बनिसकेका थिए ।

त्यस्तै, दावा लामा सल्ले भुम्लु गाउँपालिकाको सभापति भएका छन् । पैसाकै भरमा उनी कांग्रेसमा प्रवेश गरेको छोटो अवधिमै सो पदमा पुग्न सफल भएका हुन् । काभ्रे प्रहरीले संकलन गरेको सूचीअनुसार विगतमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका करिब एक दर्जन व्यक्तिहरु हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका छन् ।

ललितपुर कांग्रेसको सभापतिका उम्मेदवार मीनकृष्ण महर्जनलाई पनि कुनै समय प्रहरीले गुन्डागर्दीकै सूचीमा राखेको थियो । इन्सपेक्टरमाथि नै कुटपिटको अभियोग लागेका उनी पछिल्ला वर्ष निरन्तर कांग्रेसमा सक्रिय छन् । चापागाउँ क्षेत्रको अवैध क्रसरबाट उनले कमाएको पैसा राजनीतिमा लगाएको उनका प्रतिस्पर्धीहरु बताउँछन् ।

पछिल्लो समय गुन्डागर्दीमा सक्रिय सगुन श्रेष्ठ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्ष भएका छन् । गुन्डागर्दीकै बलमा उनी अध्यक्ष बनेको प्रतिस्पर्धी नेताहरुले बताएका छन् । विभिन्न किसिमका अपराधिक गतिविधिमा उनी पटक पटक पक्राउ परेका व्यक्ति हुन् ।

सुनसरी जिल्ला पुरै डन समूहको कब्जामा पुगेको छ । हेमकर्ण पौडेल, सिजन गुरुङ, भिम गुरुङ लगायत अहिलेको अधिवेशनमा निर्वाचित भएका छन् ।

काठमाडौंका पुराना डन राजु गोर्खाली पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । यसअघि एमाले निकट रहेका उनी त्यहाँ पद नपाएपछि कांग्रेसमा लागेका हुन् ।

त्यस्तै राधे भण्डारी धादिङ कांग्रेसको राजनीतिमा सक्रिय छन् । पोखराका एलजी समूहका नाइके ललित गुरुङ पनि चुनाव उठेकोमा हारे । हाल उनी तरुण दलका नेता छन् ।

जेलमा समेत डनहरुको दादागिरी छ । कांग्रेस सरकार आएलगत्तै डन अभिषेक गिरीको मोरङ कारागारमा सरुवा भयो । कांग्रेस नेताहरुकै दबाबमा उनले त्यहाँ सरुवा भएको हो । मोरङ कारागारमा आफ्नो सामान्य बनाउन उनको त्यसरी सरुवा भएको हो । रमेश बाहुन, समिरमानसिंह बस्नेत लगायतले जेलबाटै आफ्नो धन्दा चलाइरहेका छन् ।

कुनै समय प्रहरीको कारबाहीबाट जोगिन मात्र गुन्डागर्दीमा लागेकाहरु राजनीतिक दलको ओत लिन्थे । तर, अहिले उनीहरु पैसाकै बलमा पार्टीभित्र हावी हुँदै गएका छन् । यसले राजनीतिमा इमान्दार कार्यकर्ताहरु पलायन हुँदै जाने र भविष्यमा खराब व्यक्तिहरुको हातमा देश पुग्ने जोखिम बढेको छ ।

कांग्रेस मात्र होइन अन्य दलमा पनि यो समस्या छ । नेकपा (एमाले)मा पशुराम बस्नेत लगायत सक्रिय छन् । उनलाई एमालेले प्रदेशको खेलकुद परिषद्को उपाध्यक्ष समेत बनाएको छ । कुनै समय गुन्डागर्दीमै रहेका उमेश गुरुङ जेलबाट छुटेपछि हाल एमालेको वडा अध्यक्ष बनेका छन् ।

विगतमा गुन्डागर्दी गर्नेहरु कतिपय भनेर सुध्रिएको प्रहरी अधिकारी बताउँछन् । तर, केही राजनीतिक गुन्डागर्दीमा लागेको ती प्रहरी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्