Logo
Logo

दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना


1.1k
Shares

दार्चुला । नेकपा एकीकृत समाजवादीको दार्चुलामा पार्टी कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सदरमुकाम खलंगास्थित मोहतीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा (एस) सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालय स्थापना कार्यक्रममा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्