Logo
Logo

भारतमा भेटिए ‘ओमिक्रोन’ भेरिएन्टका २ संक्रमित


1k
Shares

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको अनुसार बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएका हुन् ।

मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।

भारतको गृह मन्त्रालयका सचिव लाभ अग्रवालका अनुसार जेनोम सिक्वेन्सि‌ङ पत्ता लगाइएको हो । स‌ंक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो ।विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ । भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन स‌ंगठनले चेतावनी दिएको छ ।

बुधबारसम्म यो भेरिएन्ट २४ देशमा देखा परिसकेको छ । अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बोट्सवाना, जर्मनी, इजरायल ,लण्डन, बेल्जियम आदि देशमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्