Logo
Logo
राप्रपाको महाधिवेशन

थापा र लिङ्देनले टुंगो लगाए आफ्नो प्यानलको पदाधिकारी


2.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा हुन लागेको नेतृत्व चयनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् । अध्यक्षका उम्मेदवार थापा र लिङ्देनले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् ।

राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशनी कार्की उम्मेदवार रहेकी छन् । महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।

विक्रम पाण्डेको नाम भने दुबै समूहले आफ्नो प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे आफूलाई थाहा नभएको बताए ।

राजसंस्थाको माग गर्ने राप्रपाको एकता महाधिवेशन काठमाडौंमा हुदैछ । अध्यक्षमा थापा र लिङ्देनबीच तिब्र प्रतिस्पर्धा रहेको छ । रापप्राको एकता महाधिवेशन जारी रहेकै बेला पुर्व राजा ज्ञानेन्द्र शाहले चासो र चिन्ता व्यक्त गरिरहेको खुलासा भएको छ ।

बुधवारबाट सुरु भएको राप्रपाको महाधिवेशन शुक्रवार सकिने कार्यतालिका छ । तर कतिपय जिल्लाका प्रतिनिधिबारे विवाद हुँदा चुनावी कार्यक्रममा ढिलाइ भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात पार्टीको यो पहिलो महाधिवेशन हो ।

राप्रपाले महाधिवेशनमा चार हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनबाट १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ । बाँकी ५० जनालाई अध्यक्षले पार्टी विधानअनुसार केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्